Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

भारतको खजुरीयामा बसको ठक्करबाट एक नेपालीको मृत्यु

  • बर्दिया टुडे
  • 2.7K
    SHARES
  • कंचनपुर । भारतको खिरी जिल्ला स्थित खजुरीया बजारमा बसले ठक्कर दिँदा एक नेपालीको मृत्यु भएको छ । भारतीय बजार खजुरीया नजिकै रहेको क्रसर भन्ने स्थानमा युपी ३१ टि ०३२७ नम्बरको भारतीय सिन्धु ट्राभल्सको सार्वजनिक बसले पछाडीबाट ठक्कर दिँदा म २ प ६८०५ नम्बरको नेपाली मोटरसाइकलमा सवार कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ५ झिलमिलाका राजेश लुहारको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मोटरसाइकल चालक राहिल रोकायाको अवस्था सामन्य रहेको छ । भारतिय बजारबाट समान खरिद गरि नेपाल फर्किने क्रममा घटना भएको सशस्त्र प्रहरी बल बर्डर आउट पोष्ट बेलौरीका सशस्त्र प्रहरी निरीक्षक रोशन नाथले बताउनुभयो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij