Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियामा एशियाली शीतकालीन चरा गणना सुरु हुँदै

  • बर्दिया टुडे
  • 736
    SHARES
  • बर्दिया राष्ट्रिय निकुञ्जमा एशियाली शीतकालीन चरा गणना सुरु गरिने भएको छ । पौष २८ र २९ गते दुई दिन सञ्चालन हुने गणनामा राष्ट्रिय निकुञ्ज क्षेत्र, मध्यवर्ती क्षेत्र, वन तथा सामुदायिक वन, बढैयाताल, सत्खलुवाताल लगायत चरा देखिने सबै सम्भावित स्थान समेटिनेछन् ।

    बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोक कुमार रामको अध्यक्षतामा बसेको सरोकारवालाहरूको बैठकले जिल्लाभर चरा गणना गर्ने निर्णय गरेको हो । गणनाका लागि ३० जना संरक्षणकर्मी तथा प्राविधिक जनशक्ति परिचालन गरिने बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले जानकारी दिनुभयो  ।


    ADVERTISEMENT

    images

    गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, होटल गाइड एसोसिएसन, होटल संघ, लण्डन प्राणीशास्त्र समाज, बर्दिया चरा संरक्षण संघ, प्रकृति तथा नेचर गाइडहरू र सामुदायिक जैविक विविधता संरक्षण इकाइहरूको सहकार्य रहनेछ । बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ जबरजङ्ग गणले पनि आवश्यक समन्वय गर्नेछ ।

    गत वर्ष बर्दियामा विभिन्न प्रजातिका ५ सय ३५ वटा चरा गणना गरिएको नेपाल पन्छी विज्ञ संघका अध्यक्ष तथा जलपन्छी गणनाका बाँके–बर्दिया संयोजक रामबहादुर शाहीले जानकारी दिनुभयो । यस वर्षको गणनाले बर्दियामा पाइने चराको अवस्था, प्रजातिगत विविधता र संरक्षण चुनौतीबारे थप स्पष्ट तस्वीर दिने विश्वास लिइएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij