गुरुकुल एकेडेमी घोराहीका विद्यार्थीहरूले मिडिया हाउसको अवलोकन गरेका छन ।
गुरुकुल एकेडेमी घोराहीका कक्षा ६ देखि कक्षा ९ सम्मका करिव १५० जना विद्यार्थीहरूले दाङ घोराहीबाट दैनिक रुपमा प्रकाशित हुने रङ्गिन पत्रिका नयाँ युगबोध राष्ट्रिय दैनिक पत्रिकाको प्रकाशन कक्षको अवलोकन गरेका हुन ।
विद्यार्थीहरूलाई समाचार निर्माण र मिडियाबाट प्रकाशन सम्बन्धी व्यवहारिक ज्ञान दिनको लागि सञ्चार घरको अवलोकन गराईएकाे विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डि. सी. ले वताउनु भयाे । यद्यपि यस्ताखालका गतिविधि एवम् जानकारी मूलक प्रशिक्षण कार्यक्रम विद्यालयमा पनि आयोजना गर्ने गरिएकाे प्रधानाध्यापक डि. सी.ले जानकारी दिनुभयो ।
उहाँले प्रशिक्षण मात्र नभएर प्रत्यक्ष रुपमा सञ्चार घरको अवलोकन गराउँदा अझै विद्यार्थीहरूले जानकारी लिन सक्ने र प्रभावकारीता समेत रहने वताउनु भयाे ।
यसैगरी विद्यार्थीहरूले पनि आफुले बिभिन्न सामाजिक सञ्जालका प्ल्याटफर्ममा देखेका समाचारहरू कसरी बन्छन् र प्रसारण हुन्छन भन्ने कुराको खुल्दुली मेटिएकाे वताए । विद्यालयले आयोजना गरेको मिडिया हाउस अवलोकन कार्यक्रमले आफूले धेरै कुराको जानकारी लिन सफल भएको कक्षा ९ मा अध्ययनरत छात्र आरुष शाक्यले बताए । गुरुकुल एकेडेमीले आयोजना गर्ने बिभिन्न अतिरिक्त कृयाकलापहरूमा सहभागी हुँदा विद्यार्थीहरूको सर्वाङ्गिण विकास हुने विद्यार्थीहरूकाे भनाइ छ ।
नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक लक्ष्मी आचार्यले पत्रिका प्रकाशन सम्बन्धी प्रकृयाका वारेमा विद्यार्थीहरूलाई गराउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डि. सी., संस्कार प्रमुख भुगोल कवर मगर, परीक्षा संयोजक विवेक देबकोटा, विज्ञान विषय संयोजक भवन आचार्य र इसिए संयोजक विशालमान श्रेष्ठको सभागिता रहेको थियो ।