Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सडक दुर्घटनामा एकको मृत्यु एक घाइते

  • बर्दिया टुडे
  • 3.4K
    SHARES
  •  

    बर्दियाको राजापुर–गुलरिया सडक खण्ड अन्तरगत मधुवन नगरपालिकाको बेलुवामा भएको सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार दिउसो भे. ९ प. २०४३ को मोटरसाइकलमा कोठियाघाटबाट घर तर्फ जाँदै गरेका मधुवन नगरपालिका वडा नं‍. ५, ९ नं. गाउँका ५० वर्षीय तुल बहादुर गुरुङ्गको दुर्घटनामा परी मृत्यु भएको हो ।


    ADVERTISEMENT

    images

    गुरुङ्गको मोटरसाइकलमा पछाडि बसेका साेही ठाउँका गोपी बस्नेत गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरीले जानकारी गराएको हो । दिउसो करिब ४ बजे गुरुङ्ग चढेको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मनकामना ग्यास उद्योगको लु. १ क. ८६२ नं ट्रक नं को ले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । ट्रक ग्यास लिएर नेपालगन्जदेखि राजापुरतर्फ जाँदै गरेको थियो ।

    घाइते बस्नेतको उपचार नेपालगन्ज नर्सिङहोममा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय ढोढरीले नियन्त्रणमा लिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij