Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images

हाम्रो बारेमा

हाम्रो बारेमा


आमसञ्चारको आधुनिक प्रविधि अनलाईन पत्रकारिताले सञ्चार जगतमा नवीन क्रान्तिको संखघोष गरेको छ  । छिटाे, छरितो र सहजै लक्षित वर्गसम्म पुग्न सक्ने यो पत्रकारिता अहिले दिनप्रतिदिन लोकप्रिय हुँदै जान थालेको छ । जनताका सरोकारका विषयलाई सहजै टिपेर सञ्चार माध्यममा सम्प्रेषण गर्न सकेका कारण आज दिनप्रतिदिन यो पत्रकारिताको लोकप्रियता चुलिदै गएको हो ।

सञ्चार माध्यम जतिसक्यो जनताका नजिक पुग्न सक्यो त्यति नै जन आवाजहरु सार्वजनिक हुन सक्छन । हाम्रो समाजमा धेरै महत्वपूर्ण कुराहरु हुन सक्छन् जुन हामीले पहिचान गर्न सकेका छैनौ । हाम्रा प्राकृतिक वैभवहरु सुनसानमा ओझेलमा परेका छन् । हाम्रा प्रगतिका प्रचुर सम्भावनाहरु पहिचानको अभावमा उपेक्षित छन् । हाम्रा कैयौं सफलताका कथाहरु अरुका लागि उर्जा हुन सक्छन् ती पनि बाहिर आउन सकेका छैनन् । हाम्रा आकांक्षाहरु, आवश्यकताहरु सबै सवै अझै सञ्चारका विषय बन्न सकेका छैनन् ।

दुनियामा सञ्चारको प्रशस्त विकास भै सक्यो हामी अझै त्यो विकासको पदचापबाट टाढा नै छौं । यी सबै कुराहरुलाई मध्यनजर गर्दै बर्दियाको गेरुवा जस्तो सुदूर भुमिबाट यो अनलाईन पत्रकारिताको थालनीको प्रयास गरिरहेका छौं । हामीलाई विश्वास छ हामी यो ठाँउलाई दुनियाँका सामु चिनाउने छौं , उभ्याउने छौं । यहाँका सुन्दर पक्षहरू उजागर गर्ने छौं । विकृति र विसङ्गति विरुद्ध उभिने छौं । अनि अनियमितता विरुद्ध खवरदारी गर्ने छौं ।

नागरिकका सूचनाका हकप्रति पूर्ण प्रतिवद्ध रहदै लोकतान्त्रिक मूल्य पद्धतिलाई सिरोधार्य गर्दै निर्भिक पत्रकारिता हाम्रो लक्ष्य हुने छ । हाम्रो यो यात्रा एक्लै कदापि पूरा हुन सक्ने छैन । यसका लागि यस क्षेत्रका जागरुक पाठक तथा वौद्धिक सामाजिक राजनैतिक अगुवाहरुको सकृय सहयोग र साथ आवश्यक पर्ने छ । त्यो पाउने आशाका साथ हामी यो यात्रामा अग्रगामी पाईला बढाई रहेका छौं ।

Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij