Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा ३७ शिक्षकलाई मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षक प्रशिक्षण ‎

बालबालिका तथा किशोर–किशोरीमा देखिने मानसिक र सामाजिक समस्या पहिचान तथा व्यवस्थापनमा शिक्षकको क्षमता अभिवृद्धि गरिने
  • 784
    SHARES
  •  

    राजापुर नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षककालागि पाँचदिने मनोसामाजिक परामर्शसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको छ ।


    ADVERTISEMENT

    images

    ‎प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सञ्चालित ‘बालबालिका, किशोर–किशोरी तथा युवाका लागि सुरक्षित भविष्य’ परियोजना अन्तर्गत राधाकृष्ण थारु जनसेवा केन्द्र, बर्दिया तथा वाँके युनेस्काे क्लवले तालिमको आयोजना गरेको हो ।

    ‎विद्यालयमा अध्ययनरत बालबालिका तथा किशोर–किशोरीमा देखिन सक्ने मानसिक, भावनात्मक तथा सामाजिक समस्याको प्रारम्भिक पहिचान, उचित व्यवस्थापन र आवश्यक परामर्श प्रदान गर्न शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

    Untitled design (2).jpg

    ‎तालिममा विद्यार्थीको मनोसामाजिक परामर्शको अवधारणा र आवश्यकता, मनोसामाजिक परामर्शका आधारभूत पक्ष तथा सीप, बालबालिकामा देखिने मनोसामाजिक समस्या, चिन्ता, डर तथा दिक्दारीपनाको पहिचान र व्यवस्थापनलगायतका विषयमा प्रशिक्षण दिइनेछ।

    ‎त्यसैगरी, बालबालिकामा आत्महत्याको जोखिम तथा खिसीट्युरीको समस्या पहिचान र व्यवस्थापन, मनोपरामर्शका क्रममा प्रश्न गर्ने सीप, सक्रिय सुनाइको सीप, मनोपरामर्शकर्ताका रूपमा शिक्षकमा हुनुपर्ने गुण तथा मनोसामाजिक परामर्शका विभिन्न चरणका विषयमा समेत सहभागीलाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ।

    ‎तालिममा रूपान्तरणसम्बन्धी मानसिक विकार तथा छारे रोग, विपद् तथा महामारीजन्य परिस्थितिमा विद्यार्थीलाई आवश्यक पर्ने मनोसामाजिक सहयोग र मनोसामाजिक परामर्शसम्बन्धी विभिन्न अभ्यासलाई समेत समेटिएको छ ।

    Untitled design (3).jpg

    ‎शुक्रवारवाट सञ्चालन भएको तालिममा ३१ वटा विद्यालयका ३७ जना शिक्षकहरुको सहभागिता रहेको छ। तालिम मंगलवार सम्पन्न हुनेछ ।

    ‎विद्यालय बालबालिकाको शैक्षिक विकासको थलो मात्र नभई उनीहरूको मानसिक, भावनात्मक तथा सामाजिक विकासको महत्वपूर्ण आधार भएकाले शिक्षकलाई विद्यार्थीमा देखिने मनोसामाजिक समस्या समयमै पहिचान गरी आवश्यक सहयोग र परामर्श प्रदान गर्न सक्षम बनाउने तालिमको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

    ‎तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई सहभागी शिक्षकहरूले आ–आफ्ना विद्यालयमा प्रयोग गर्नुका साथै अन्य शिक्षक तथा सरोकारवालासम्म विस्तार गर्ने अपेक्षा गरिएको छ। यसबाट विद्यालयमा बालबालिकाका लागि सुरक्षित, सहयोगी र सकारात्मक वातावरण निर्माणमा योगदान पुग्ने विश्वास नगर पालिकाले लिएकोएको छ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij