चार वर्षपछि चिरपरिचित प्रतिद्वन्द्वी भारत-पाकिस्तानबीच प्रतिस्पर्धा
एसिया कप क्रिकटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दुई देशबीचको खेल नेपाली समयानुसार सवा ३ बजे श्रीलंकामा शुरू हुनेछ ।
ADVERTISEMENT
एउटै समूहमा रहेका उनीहरू पहिलो पटक भिड्दै छन् । दुई टिम चार वर्पषछि आमने-सामने हुन लागेका हुन् । यसअघि दुवै टिमले सन् २०१९ को विश्वकप क्रिकेट खेलेका थिए । उनीहरू दुवै उपाधि दाबेदार पनि हुन् ।
राजनीतिक सम्बन्ध दुस्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ ।
भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरू श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो ।
एसिया कपको अहिलेसम्मको रेकर्डमा भारत र पाकिस्तान १३ पटक आमनेसामने भएका छन् । त्यसमा भारतले सात वटा र पाकिस्तानले ५ वटा म्याचमा जीत हासिल गरेका छन् ।
भारतका कप्तान रोहित शर्माले पाकिस्तानसँग खेल्न आफूहरू तयार रहेको प्रतिक्रिया दिएका छन् । (लोकान्तर)