गेरुवा गाउँपालिकाको आयोजना तथा गेरुवा खेलकूद विकास समितिको समन्वयमा आजदेखि “छैटौं बर्दिया जिल्ला पालिका स्तरीय गेरुवा उपाध्यक्ष कप महिला फुटबल प्रतियोगिता–२०८३” सुरु हुँदैछ । प्रतियोगिता गेरुवा गाउँपालिका–६ मनाउस्थित कल्पेश्वर महादेव खेलमैदान बेलभरियामा सञ्चालन हुनेछ ।
प्रतियोगितामा राजापुर नगरपालिका, ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, बारबर्दिया नगरपालिका तथा बाँसगढी नगरपालिकाका महिला फुटबल टोलीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल आज दिउँसो ३ बजे गेरुवा गाउँपालिका र बारबर्दिया नगरपालिका बीच हुनेछ । त्यसपछि आजै दिउँसो ४ : ३० बजे राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका बीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, मधुवन नगरपालिका र बाँसगढी नगरपालिका सिधै सेमिफाइनल चरणमा प्रवेश गरेका छन्। दोस्रो चरणका खेलहरू जेठ ७ गते सञ्चालन हुनेछन् भने फाइनल खेल जेठ ८ गते दिउँसो २ बजे हुने तालिका सार्वजनिक गरिएको छ ।
प्रतियोगितामा विजेता टोलीले नगद रु. ८० हजार तथा उपविजेताले रु. ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला फुटबलको विकास र स्थानीय तहबीच खेलमैत्री सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएकोगेरुवा खेलकुद विकास समितिले जनाएको छ ।