Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बरिष्ठ बालरोग विशेषज्ञ डा. दुर्गा प्रधानको निधन भएको छ । उपचारका क्रममा उहाँको वेष्टर्न अस्पताल नेपालगन्जमा आज दिउँसो २ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।


    ADVERTISEMENT

    images

    बुवा काशिप्रसाद प्रधान र आमा तुलसी प्रधानको कोखबाट सल्यान खलंगामा डा. प्रधानको वि.स.२००२ सालमा जन्म भएको थियो ।डा.प्रधानका श्रीमती र तीन छोरा हुनुहुन्छ ।

    वि.स २०३८ सालमा भेरी अस्पतालमा मेडिकल अधिकृतको रुपमा जागिर सुरु गर्नुभएका डा प्रधानले २४ वर्षसम्म भेरीमै बसेर सेवा दिनुभयो । सेवा निवृत्त भएपछि भने उहाँले नेपालगन्जमा त्रिपुरा बाल अस्पताल संचालन गरेर बालबालिकाको उपचार सेवा दिँदै आउनुभएको थियो । बरिष्ठ बालरोग बिशेषज्ञ डा प्रधानले यसक्षेत्रका लाखौं बालबालिकाको उपचार गरेर प्राण दिनुभएको छ ।

    स्वास्थ्यमा समस्या देखिएपछि डा.प्रधान गएको भदौ ४ गतेदेखि नेपालगन्ज स्थित वेष्टर्न अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । उहाँ पहिलेदेखिनै सुगरको समस्याले ग्रसित हुनुहुन्थ्यो । उपचारमा संग्लग्न वरिष्ठ फिजिसियन डा.खगेन्द्र जंग शाहका अनुसार डा.प्रधान अहिले फोक्सोको टिबी, कलेजो अनि किड्नीको समस्या लगायतले ग्रस्त हुनुहुन्थ्यो ।

    पछिल्लो समय श्वास प्रश्वासमा समेत समस्या देखिएको डा.शाहले जानकारी दिनुभयो । यसक्षेत्रका चिकित्सकहरुका अभिभावक समेत रहनुभएका डा.प्रधानको निधनले स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको भन्दै चिकित्सकहरुले गहिरो दुःख प्रकट गरेका छन् ।

    डा.प्रधानको पार्थिव शरिरलाई अत्यष्टिका लागि काठमाडौं लाने तयारी भईरहको पारिवारीक श्रोतले जानकारी दिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij