Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

एकै पटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ बढ्यो

पेट्रोलमा तीन र डिजेलमा ४ रुपैयाँ बढाइयाे
  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    नेपाल आयल निगमले ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले एकैपटक ग्यासको मूल्य प्रतिसिलिन्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । 


    ADVERTISEMENT

    images

    भारतीय आयल निगमले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यास १८६.४५ रुपैयाँ बढेर आएको छ । सो मूल्यमा निगमले भ्याट जोडेर नयाँ मूल्य कायम गरेको हो।

    निगमले मूल्य बढाएसँगै आज रातिदेखि एक सिलिन्डर ग्यास किन्न उपभोक्ताले १८९५ रुपैयाँ खर्चिनुपर्ने भएको छ । यसअघि ग्यासको मूल्य १६६० रुपैयाँ थियो ।  

    यस्तै पेट्रोलमा तीन रुपैयाँ र डिजेलमा ४ रुपैयाँ बढाइएको छ । निगमका अनुसार मूल्यवृद्धि भएसँगै अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १८२ रुपैयाँ पर्ने भएको छ ।  डिजेल र मट्टितेलको मूल्य १७० पर्नेछ ।  

      152009372372014332_311847841515088_9177204876410371526_n.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij