Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सन्दीपको पेशी २१ गतेलाई सर्यो : एसिया कप खेल्न सोमबार पाकिस्तान जाने

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट प्रतियोगिता खेल्न पाकिस्तान जाने भएका छन् । सन्दीप एसिया कप खेल्न सोमबार बिहान पाकिस्तान प्रस्थान गर्ने बताइएको छ ।
    सन्दीपको मुद्दामा आइतबार काठमाडौँ जिल्ला अदालतमा पेसी तोकिएको थियो । तर, न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिएको मुद्दा ‘हेर्न नभ्याइने’ भए पछि अर्को पेशी २१ गतेलाई सारिएको छ । पेशीका कारण पाकिस्तान जाने टोली संग नगएका लामिछाने भोलि त्यसतर्फ जाने भएका हुन् ।
    एसिया कपको उद्घाटन खेल भदौ १३ गते नेपाल र पाकिस्तानबीच हुँदै छ । उक्त खेल पाकिस्तानको मुल्तानमा हुनेछ । त्यसको चार दिनपछि नेपालले भारतसँग दोस्रो खेल खेल्नेछ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij