Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

इंग्ल्यान्डलाई हराउँदै स्पेनले जित्यो महिला विश्वकप फुटबलको उपाधि

  • बर्दिया टुडे
  • 778
    SHARES
  •  

    इंग्ल्याण्डलाई १-० ले हराउँदै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि जितेको छ ।


    ADVERTISEMENT

    images

    पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

    खेलको १६ औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो । १७ औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाइन् ।

    स्पेनले खेलको ६९ औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाएकी थिइन् । तर पनि उनले टिमलाई उपाधि जिताउन सकिनन् ।

    यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ ।

    स्पेन महिला विश्वकप फुटबल जित्ने पाँचौ टिम बनेको छ । यसअघि अमेरिकाले ४ पटक, जर्मनीले २ पटक तथा नर्वे र जापानले १-१ पटक विश्वकप जितेका छन् । (अनलाइन खवर)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij