Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भगवान काेइराला नियुक्त

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  • सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा भगवान कोइरालालाई नियुक्त गरेकाे छ। आज बसेकाे मन्त्रिपरिषद् बैठकले डा कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हाे।

    डा कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएकाे हाे।


    ADVERTISEMENT

    images

    डा कोइरालालाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने प्रस्ताव गएसँगै त्रिविको उपकुलपतिमा डा धर्मकान्त बास्कोटाको सम्भावना बढेर गएको छ। डा बास्कोटा यसअघि काउन्सिलका अध्यक्ष थिए। काउन्सिलमा रहँदा डा बास्कोटाले धेरै सुधारका काम गरेका थिए।

    काउन्सिलको अध्यक्षमा डा कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारको छ। चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा कोइरालाले गर्न सक्ने भन्दै सरकारले उनलाई अध्यक्षमा नियुक्त गरिएकाे बुझिएकाे छ। काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको छ।

    डा बास्कोटाको कार्यकाल जेठमा सकिएपछि अध्यक्षकाे पद रिक्त्त थियाे। अध्यक्ष, रजिष्ट्रारसहित काउन्सिलमा ७ जना सदस्यको पद खाली छ। काउन्सिलमा २० जना सदस्य हुन्छन्।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij