Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलन फिर्ता

आइतबारदेखि पठनपाठन नियमित हुने
  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्।


    ADVERTISEMENT

    images

    मन्त्रिपरिषद्बाट पास भएर संसदमा दर्ता हुन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु उत्रिएका थिए।

    निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको थप घोषणा गरेपछि सरकारले प्याब्सनका प्रतिनिधिलाई छलफलमा बोलाएको हो।

    उपप्रधान तथा रक्षामन्त्री पूर्ण बहादुर खड्का र शिक्षामन्त्री अशोक राईसँग भएको प्याब्सन प्रतिनिधिको छलफलमा जुटेको सहमतिपछि निजी विद्यालय सञ्चालकको आन्दोलन फिर्ता भएको थियो।

    सरोकारवाला पक्षलाई नै वेवास्ता गरेर शिक्षा विधेयक अघि बढ्न लागेको भन्दै निजी सञ्चालकहरुले विरोध गरेका थिए।

    सरकार सरोकारवालाको पक्षमा लचक बन्ने भएसँगै निजी विद्यालय सञ्चालकहरुले तत्काललाई आन्दोलन फिर्ता लिएको जनाएको छ।

    सरोकारवाला पक्षले आफूहरुको माग पूरा नभए आइतबारदेखि देशैभरी सञ्चालित निजी लगानीका मन्टेश्वरी देखि कक्षा १२ सम्मका विद्यालयहरूमा पठनपाठन रोक्ने निजी विद्यालय सञ्चालकहरुले चेतावनी दिएका थिए। अपेन,नेसनल प्याब्सन,हिसान र प्याब्सनका अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका थिए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij