Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

२० वटा सरकारी कार्यालयले दिने सेवा आजदेखि प्रभावित

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    पशु सेवा विभाग अन्तर्गतका २० वटा सरकारी कार्यालयले दिने सेवा आजदेखि प्रभावित भएको छ ।


    ADVERTISEMENT

    images

    कृषि तथा पशुपंछी विकास मन्त्रालयमा हिजो (बिहीबार) बसेको सचिवस्तरीय बैठकले बजेट अभावका कारण सेवा दिन नसक्ने निर्णय गरेको हो । 

    ती कार्यालयमा कार्यरत ३ सय ५० भन्दा बढी सरकारी कर्मचारी कामविहीन भएका छन् ।

    तत्काललाई ८ वटा पशु क्वारेनटाइन, केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, ५ पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला, केन्द्रीय रेफरल पशु चिकित्सालय, राष्ट्रिय खोप उत्पादन प्रयोगशाला, सार्क क्षेत्रीय सहयोग इकाई कार्यालय बजेट अभावमा सेवा दिन नसक्ने अवस्थामा पुगेका हुन् ।

    त्यसैगरी खोरेत तथा सिमाविहीन रोग अन्वेषण प्रयोगशाला, भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशाला र राष्ट्रिय पशुपंछी रोग अन्वेषण प्रयोगशालाहरूको सेवा अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको हो ।

    ती कार्यालयहरूको सेवा बन्द बन्द गरिँदा नेपालमा उत्पादन भइरहेका १३ प्रकारको खोपको उत्पादनसमेत प्रभावित हुने र करोडौँको खोप खेर जाने सम्बन्धित कार्यालयका कर्मचारीको भनाइ छ । (प्रशासनबाट साभार)

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij