Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मुलुक समृद्धि हासिल गर्ने दिशामा अघि बढेको छ : मुख्यमन्त्री पोखेरल

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  • प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखेरलले स्वभाविक र व्यवस्थित गतिमा विकास भइरहेकाले मुलुक समृद्धि हासिल गर्ने दिशामा अघि बढेको बताउनुभएको छ ।

    बाँकेको नेपालगञ्जमा आज नेपालगञ्ज उपमहानगरपालिकद्वारा नवनिर्मित आधुनिक बसपार्क र नगरबस सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले संविधान कार्यान्वयनको आधार बर्षमा पनि मुलुकको कुल ग्राहस्थ उत्पादनको बृद्धिदर ६ प्रतिशत रहेको बताउनुभयो ।


    ADVERTISEMENT

    images

    प्रदेश ५ विकासमा सबैभन्दा अघि रहेको भन्दै उहाँले गत बर्षको आर्थिक बृद्धिदर ७ दशमलब ६ प्रतिशत रहेको बताउनुभयो ।

    पछिल्लो तीन बर्षमा तराईका सदरमुकामहरुको मुहार नै फेरिने क्रममा रहेको बताउँदै मुख्यमन्त्री पोखरेले समाजमा विद्यमान द्वन्द र विभेदलाई चिर्ने अस्त्र विकास नै भएको बताउनुभयो । उहाँले नेपालगञ्ज–कोहलपुरलाई औद्योगिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार पर्त्नशील रहेको बताउनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij