भेरी अस्पताल नेपालगन्जमा दुई जना डेंगुका विरामीको मृत्यु भएको छ ।
मृत्यु हुने दुवै जना जिल्ला बाहिरका हुन् । एक जना कैलाली र अर्का बर्दियाका बिरामीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
बढैयाताल गाउँपालिका–८ बर्दियाका ८६ वर्षीय पुरुष र टीकापुर नगरपालिका ६ कैलालीकी १२ वर्षीया बालिकाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालमा डेंगुका बिरामीहरु थपिनेक्रम जारी रहेको पनि अस्पतालको भनाइ छ ।