Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

तुलसीपुरमा प्रहरीको घरै अगाडिबाट चोरी

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    माघीको दिन राति तुलसीपुरमा एकै सथा ११ वटा पसलमा चोरी भएको छ ।


    ADVERTISEMENT

    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरको सम्मुख एक सय मिटरको दुरीमा भएको चोरीले यहाँको सुरक्षा अवस्थाको यथार्थ स्थिति उजागर भएको छ । 

    एकै रात तुलसीपुर–सल्यान सडक खण्डको मुख्य सडक खण्डमै ११ वटा पसलमा चोरी भएको हो । ११ वटा पसलका तालाहरु फोडिएको भएपनि दुई वटा पसलबाट नगद तथा सरसामान चोरी भएको प्रहरी बताउँछ ।

    मुख्य सडकमै र त्यो पनि प्रहरीको कार्यालयदेखि सम्मुख एक मिटरको दुरीमा एकै साथ ११ वटा पसलमा भएको चोरीको घटनाबाट सर्वसाधारण असुरक्षित महसुश गर्न थालेका छन् । अनेत्र नदेखेपनि आफ्नो घरै अगाडि चोरी हुँदा समेत प्रहरीले सूँईको नपाउनुले तुलसीपुर क्षेत्रको सुरक्षा अवस्था निकै कमजोर रहेको एक जना पीडित ब्यापारी टिकाराम पौडेल बताउनु हुन्छ ।

    बजारमा सुरक्षा र निगरानीका लागि धेरै ब्यक्ति, ब्यबसायी र स्थानीय सरकारले समेत सिसी टिभीको जडान गरेका छन् । ती सिसी टिभीहरुमा स्पष्ट चोर देखिएको र पहिचान भएपनि प्रहरीले खोजतलास गर्न तथा नियन्त्रणमा लिन चासो नदेखाएको गुनासो प्रकाश वलीको छ ।

     ब्यापारी तुलसीपुरमा मात्रै बितेको ५ महिनामा २२ वटा चोरी सम्बन्धि उजुरी परेका छन् । अधिकाँस चोरीका घटनामा किशोर तथा युवाहरुको संलग्नता देखिएको छ ।

    ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार भदौ महिनामा २ वटा कपडा पसलमा चोरी भएको छ । भदौ महिनमा एक वटा र असोजमा ५ वटा चोरीका घटना भएका छन् । असोज महिनामो १९,१९,२० २० बर्ष समूहका ४ जनाको समूहले बाटोमा लुटपाट तथा चोरी गरेको थिए । कार्तिक महिनामा २८ बर्षिय १ जनाले टिभिपसलबाट एलईडि टिभी चोरी गरेका थिए । पुस महिनामा २ वटा चोरी भएका छन् । यस्तो लुटपात तथा चोरी कार्यमा ५० बर्ष माथिका केही ब्यक्तिहरुको समेत संलग्नता रहेको प्रहरीको अनुमान छ । खुकुरी पसल, कपडा पसल, मदिरा पसलहरुमा समेत चोरीका घटनाहरु भएको पाइएको छ । तर, चोरहरुको पहिचना गरि नियन्त्रणमा लिन भने प्रहरी सफल हुन सकिरहेको छैन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij