Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राष्ट्रिय दलित मुक्ति जागरण अभियानद्वारा बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय प्रदर्शन

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    राष्ट्रिय दलित मुक्ति जागरण अभियानले सोमबार बाँकेको नेपालगञ्जमा लुम्बिनी प्रदेशस्तरीय भेला र प्रदर्शन गरेको छ ।

    दलितहरुको हक हितका लागि आवाज उठाउँदै अभियानले सोमबार नेपालगञ्जमा भेला र प्रदर्शन गरेको संयोजक खगेन्द्र सुनारले  जानकारी दिए । 

    उनकाअनुसार राज्यका हरेक अंग र निकायदेखि नीति निर्माण तहसम्ममा दलितहरुको सहभागिता सुनिश्चित गर्न माग गर्दै प्रदर्शन गरिएको हो । 

    साथै समाजमा रहेका जातीय विभेद, छुवाछुतको अन्त्यका लागि सचेतना जगाउन पनि प्रदर्शन गरिएको संयोजक सुनारले जानकारी दिए । सप्तरी र दैलेखमा प्रदर्शन गरिसकेको सो अभियानले सोमबार नेपालगञ्जमा पनि प्रदर्शन गरेर सरकारको ध्यानाकर्षण गराएको हो ।

    काठमाडौंलगायत मुलुकका ठूला सहरमा जागरण अभियान र प्रदर्शन गर्ने तयारी गरिएको जानकारी दिएका सुनारले संविधानले व्यवस्था गरेको अधिकार व्यवहारिक रुपमै कार्यान्वयन गर्न गराउन आफूहरु अभियानमा होमिएको बताए । 

    नेपालगञ्जमा आयोजित प्रदर्शन र भेलामा  लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशबाटसमेत ठूलो संख्यामा सहभागिता रहेको संयोजक सुनारले जानकारी दिए । 

    सो प्रदर्शनमा पूर्वमन्त्री दलबहादुर सुनार, पूर्व सांसद आशा बिक, बागमती प्रदेशसभा सदस्य कल्पना नेपाली, अधियानका पूर्वी नेपाल संयोजक राजेश विद्रोहीलगायतको उपस्थिति रहेको पनि उनले बताए । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij