नेपाली सेनाका सेनानी (मेजर) राजेन्द्र शाहीसहित जुवाखालबाट ८ जना पक्राउ परेका छन् ।
महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विशेष सूचनाका आधारमा गएराति टोखाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक सन्तोष कुमार दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले शाहीसहित बुद्धिलाल मगर, मानकाजी गुरुङ, सोमबहादुर मगर, जीतबहादुर गुरुङ, धर्म शाही, किरणजंग शाह र निरज राणालाई जुवाखालबाट पक्राउ गरेको हो।
पक्राउ परेका शाहीले आफू प्रधानमन्त्री केपी शर्मा ओलीको एडीसी भएको बयान दिएको स्रोतको भनाइ छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५९ हजार ३०० रुपैयाँ समेत बरामद गरेको जनाएको छ । शिलापत्र बाट