Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

सुनको मूल्य फेरि उकालो लाग्दै

  • बर्दिया टुडे
  • 2.4K
    SHARES
  • निकै उतारचढावबीच कारोबार हुँदै आएको सुनको मूल्य कात्तिक महिना लागेसँगै पुनः उकालो लाग्न थालेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला सात सयले वृद्धि भएको छ ।

    आज छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार २०० निर्धारण गरिएको महासङ्घले जनाएको छ । बिहीबार छापावाला सुन ७० हजार ५०० मा खरीद बिक्री भएको थियो ।


    ADVERTISEMENT

    images

    त्यसैगरी तेजाबी सुनको मूल्य पनि ७०० ले वृद्धि भएर प्रतितोला ७० हजार ९०० कायम भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला ७० हजार २०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य पनि १० ले वृद्धि भएर प्रतितोला ८७० पुगेको छ ।

    पछिल्लो १५ दिनको अवधिमा सुनको मूल्य दुई पटक घटेको छ भने चार पटक वृद्धि भएको छ । कात्तिक १ गते छापावाला सुन प्रतितोला ७० हजार ६०० र तेजाबी सुन ७० हजार ३०० मा खरीद बिक्री भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij