Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उद्यमी महिलाका लागि पाताभारमा १ दिने बाख्रा पालन तालिम

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    मातृभूमि लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय पाताभारको आयोजनामा १ दिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको वडा नं. ३ (पाताभार) शान्तिवजारमा सोमवार तालिम सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    उद्यमी सदस्यहरूको सीप विकास र व्यवसायिक पशुपालन प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित तालिममा २२ जना सहभागी भएका थिए । कार्यक्रममा सदस्य केन्द्र नं. ०३५ की श्री रत्ना देवी विष्ट थापाको सभाध्यक्षता रहेको थियो ।

    कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रबन्धक लालबहादुर ताम्राकारले राख्नुभयो भने सञ्चालन कनिष्ठ सहायक बन्दना साउदले गर्नुभएको थियो । तालिमका प्रमुख अतिथि गेरुवा गाउँपालिका–३ का अध्यक्ष निर्मल थारु रहनुभएको थियो ।

    Untitled design - 2025-12-02T060635.813.jpg

    ‎उद्यम विकास संयोजक अनिल चौधरीले तालिमको सहजीकरण गर्दै बाख्रा पालनको महत्व, जात छनोट, खोर व्यवस्थापन, टाट्नो र खनिज ढिक्काको प्रयोग, रोग–नियन्त्रण, भ्याक्सिन र पशु बीमा सम्बन्धी विषयहरूमा विस्तृत रूपमा प्रशिक्षण दिनुभएको थियो ।

    मातृभूमि लघुवित्तले उद्यमी सदस्यहरूको आय–आर्जन वृद्धि, व्यवसायिक क्षमता अभिवृद्धि तथा सुरक्षित पशुपालन प्रवर्द्धनका लागि नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij