Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

समरूपता सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था अन्तर्गतकाे समरूपता सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न भएको छ । एकीकरण पछिको तेस्रो वार्षिक साधारण सभा शनिवार नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयमा शनिवार सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिका ६ नं. वडाका वडा अध्यक्ष कृष्ण गोपाल चौधरीको प्रमुख आतिथ्यता तथा उप समिति संयोजक लक्ष्मी थापाको सभापतित्वमा सम्पन्न साधारण सभामा किसान कमैया कल्याण बचत तथा ऋण सहकारी संस्था लि. का सचिव दिपक लामाको आ. व. २०८०/०८१ को प्रगति तथा आ. व. २०८१/०८२ को प्रस्तावित नीति तथा कार्यक्रम लेखा समिति सदस्य लोक बहादुर बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो ।

    Screenshot_20240817-212348.jpg

    प्रतिवेदन प्रस्तुत गर्दे लेखा समिति सदस्य बुढाथोकीले संस्थामा हाल सम्म ३ हजार १ सय ३९ महिला, १ हजार ९ सय ४९ पुरुष र अन्य संघ संस्था २१ गरी जम्मा ५ हजार १ सय ९ जना सदस्य रहेको बताउनु भयो । २०८१ असार अन्तसम्ममा कुल सेयर पुँजीगततर्फको १ करोड ७८ लाख ४६ हजार ४ सय रुपैयाँ रहेको उल्लेख गर्दै लेखा समिति सदस्य बुढाथोकीले संस्थाको बचततर्फ ११ करोड ४९ लाख ४६ हजार १ सय २७ रुपैयाँ सङ्कलन भएकोको, १३ करोड ४२ लाख २२ हजार ५ सय १४ रुपैयाँ ऋण लगानी भएको, जगेडा कोषमा ९५ लाख २५ हजार २ सय ७९ रुपैया रहेको र बताउँदै शुद्ध खुद नाफा ३७ लाख ९४ हजार २ सय ९४ रहेको र संस्थाको खुद नाफा ३७ लाख ९४ हजार २ सय ९४ रुपैयाँ रहेको जानकारी दिनुभयो ।

    Screenshot_20240817-210854.jpg

    सञ्चालक समितिको तर्फबाट सचिव लामाले आर्थिक वर्ष २०८१/०८२ मा सदस्यता वृद्धि, शेयर पूँजी वृद्धि, वचत वृद्धि, ऋण लगानीमा वृद्धि, शिक्षा तथा तालिम र क्षमता अभिवृद्धि कार्यक्रम, पुरस्कार र सम्मान कार्यक्रम लगायतका विभिन्न नीति र कार्यक्रमहरू प्रस्ताव गर्नुभएको बुढाथोकीले वताउनु भयो ।

    उहाँले आ. व. २०८१/०८२ का लागि प्रस्ताव गरिएको वचत योजना कार्यक्रम, ऋण योजना कार्यक्रम र संस्था द्वारा गत आ. व. मा भएका उत्कृष्ट तथा उल्लेख्य कार्यक्रमका बारेमा चर्चा गर्नु भएको थियो ।

    Screenshot_20240817-212718.jpg

    साधारण सभाले सञ्चालक समितिको तर्फबाट सचिव दिपक लामाले प्रस्तुत गर्नुभएको संस्थाको प्रगति तथा प्रस्तावित नीति तथा कार्यक्रम अनुमोदन गर्दै केन्द्रिय साधारण सभाका लागि सरिता शाही, कल्पना वली, स्यानी थरुनी, सरिता कुमारी चौधरी, जुना रोकाय र कुवारी थारूलाई प्रतिनिधिका रुपमा चयन गरेको छ ।

    Untitled design (23).jpg

    साधारण सभामा असल बचत कारोबार गर्ने डोल बहादुर थापा, असल ऋण कारोबार गर्ने जुगानी थारु, असल वाल वचत गर्ने रोसवी सिग्देल र आ. व. २०८०/०८१ मा धेरै शेयर खरिद गर्ने नमा एम सी तथा संस्थाका ७५ वर्ष भन्दा माथिका शेयर सदस्यहरू बद्धिराम थारु, बम बहादुर थारु, जगमोहनी थरुनी, कालापती थरुनी र सुपरिया थरुनीलाई सम्मान गरिएको थियो ।

    Untitled design (21).jpg

    कार्यक्रममा नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक झक्क ढुङ्गाना, संस्थाका सल्लाहकार दरवारी चौधरी, वडा अध्यक्ष कृष्ण गोपाल चौधरीले साधारण सभा सफलताको लागि शुभकामना दिनुभएको थियो ।

    समरूपता सेवा केन्द्र अन्तरगत ३०० जना शेयर सदस्यहरू छन भने हाल सम्म १ करोड ३७ लाख ५१ हजार १ सय ७७ रुपैयाँ बचत सङ्कलन भएको छ । सेवा केन्द्र मार्फत ७३ लाख ७५ हजार ३ सय २५ रुपैयाँ ऋण लगानी भएको छ । त्यस्तै शेयर वापतको रकम ६५ लाख ६३ हजार रुपैया रहेको समरूपता सेवा केन्द्रकी फिल्ड प्रमुख सिमा कुमारी चाैधरीले वताउनु भयाे ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij