Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

प्रधानमन्त्रीद्वारा प्रचण्ड लगायत कांग्रेसका शीर्ष नेताहरुसँग छलफल

  • बर्दिया टुडे
  • 6.9K
    SHARES
  • काठमाडौँ – प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई अध्यक्षबिचको छलफलमा आपसी तिक्तता मेटेर अघि बढ्ने विषयमा छलफल भएको जनाइएको छ ।
    भेटमा बलात्कार प्रयासको आरोप लागेपछि कृष्णबहादुर महराले राजीनामा दिएसँगै खाली रहेको सभामुख चयन प्रक्रियाका बारेमा छलफल भएको जनाइएको छ । ओली र प्रचण्डबिच पछिल्लो समय दूरी बढेको कुरा आइरहेका बेला भएको वार्तालाई महत्वपूर्ण रुपमा लिइएको छ । ओली र प्रचण्डबिच आइतबार पनि छलफल भएको थियो ।
    प्रचण्डसँगको छलफल लगत्तै प्रधानमन्त्री ओलीले कांग्रेसका शीर्ष नेतासँग पनि छलफल गरेका छन् । कांग्रेसका नेताहरुसँगको छलफलमा सभामुखका बारेमा पनि छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले जानकारी दिएका छन् ।
    यस्तै बेपत्ता छानबिन तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिका बारेमा पनि छलफल भएको तर निष्कर्षमा भने नपुगेको जनाइएको छ । सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने भए पनि दलहरुबिच सहमति नहुँदा दुवै आयोग पदाधिकारी बिहीन छन् ।
    यसैगरी बैठकमा इट्टा भट्टामा जिउँदै सर्वसाधारणलाई जलाएको अभियोगमा पक्राउ परेका कांग्रेस सांसद मोहम्मद अफताव आलमका बारेमा पनि कुराकानी भएको जनाइएको छ । देश सञ्चार बाट

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij