Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संघ-संस्थामा दलीय प्रतिस्पर्धा गर्नेलाई कारवाही हुन्छ : रास्वपा

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनस्तरका सामुदायिक संघ-संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको जनाएको छ ।


    ADVERTISEMENT

    images

    रुपन्देहीको सैनामैना नगरपालिकामा तीन हजारभन्दा बढी मतदाता भएको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा एमाले र सत्तागठबन्धनका उम्मेदवारलाई हराउँदै रास्वपाका एकबहादुर क्षेत्री विजयी भएको समाचार आएपछि रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

    महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले विद्यालय, खानेपानी, सिँचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता-व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु गलत प्रवृत्ति रहेको जनाएका छन् । बुधबार जारी प्रेस विज्ञप्तिमा सामुदायिक संस्था स्थापना-सञ्चालनको उद्देश्य गैर(राजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता रहेको उल्लेख छ ।

    पार्टीको नीतिविपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए कारवाही रास्वपाको भनाइ छ ।

    ‘ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौँ । जनहितका लागि गर्नुपर्ने काममा पनि भागबन्डा खोजेर जनतालाई सधैँ राजनीतिक पार्टीको अधीनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौँ’, विज्ञप्तिमा उल्लेख छ । (प्रशासन)

    image-165.webp

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij