सुपरममका नामले चर्चित एक महिला फेरि एकपटक प्रेग्नेन्ट भएकी छन् र अब उनी २२ औँ बच्चालाई जन्म दिने क्रममा छिन् । यो घटना ब्रिटेनको हो ।
४४ वर्षकी महिला सू रैडफोर्ड र उनका ४८ वर्षका पति नोएलको परिवारलाई ब्रिटेनको सबैभन्दा ठूलो परिवारका रुपमा लिइन्छ ।
एक यूट्यूब भिडियोमा महिलाले अल्ट्रासाउण्डको रिपोर्ट देखाउँदै आफू फेरि प्रेग्नेन्ट भएको जानकारी दिएकी छन् । रैडफोर्डको परिवार ब्रिटेनको मोरेकैम्बेमा बसोबासरत छ ।
पछिल्लो पटक सूले २०१८ मा बच्चा जन्माएकी थिइन् । सूका अनुसार उनको गर्भमा बच्चा बसेको १५ हप्ता भएको छ। उनले यसपटक छोरालाई जन्म दिन चाहेको बताएकी छन् । यदि छोरा भएमा उनका बच्चाहरुमा ११ छोरा र ११ छोरी हुनेछिन् ।
ब्रिटेनको सबैभन्दा ठूलो परिवार मानिने यो परिवारको खर्च पारिवारिक बेकरी बिजनेसले चल्ने गरेको छ । १० कोठाको घरमा परिवारका सबै सदस्य रहने गरेका छन् ।