Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

उद्यमी महिलाहरूको लागि एकदिने गोष्ठी कार्यक्रम नेपालगंजमा सम्पन्न

  • बर्दिया टुडे
  • 3.5K
    SHARES
  •  

    परिवर्तनको लागि महिला समूह नेपाल बुटवल रूपन्देहीको आयोजना र उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा उद्यमी महिलाहरूको लागि एकदिने गोष्ठी कार्यक्रम नेपालगंजमा सम्पन्न भएको छ ।

    बाँकेको नेपालगंजमा भएको कार्यक्रममा परिवर्तनका लागि महिला समुहका केन्द्रीय अध्यक्ष रिता सेनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्य समिती बाँकेका प्रमुख अजय श्रीवास्तवको प्रमुख आतिथ्यतामा उक्त १ दिने गोष्ठी कार्यक्रम सम्पन्न भएको हाे ।

    कार्यक्रममा लुम्बिनी प्रदेश भएका १२ जिल्ला मध्ये ६ जिल्लाका ७० जना उद्यमी महिलाहरूको उपस्थिती रहेको थियो उक्त कार्यशाला गोष्ठी कार्यक्रमको संचालन आयोजक संस्था परिवर्तनका लागि महिला समुहकी सचिव सावित्रा घिमिरेले गरेकी थिईन ।

    कार्यक्रममा उद्यमी महिलाहरुले प्रदेश सरकारबाट प्राप्त गर्ने अवश्यक सेवा सुविधा, अनुदान तथा ऋणका कार्यक्रम कसरी प्राप्त गर्ने, कस्ता व्यक्तिहरुले पाउने लगायतका विषयमा जानकारी दिइएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij