Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

महराविरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  • निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योग अन्र्तगत जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि अदालतमा मुद्दा दर्ता गरेको हो ।

    उनीमाथि करणी उद्योग अन्तर्गत ५ वर्ष कैद सजायको माग गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले महरामाथि जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।


    ADVERTISEMENT

    images

    अब अभियोगमाथि उनका पक्षका वकिलहरुले अदालतमा वहस गर्नेछन् । बहस आज नसकिए उनी थुनामै रहनेछन् । थुनछेक बहसपछि साधारण तारेखमा छुट्ने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारागार पठाउने आदेश अदालतले गर्नेछ ।

    संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप १९ असोजमा महरा पक्राउ परेका थिए

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij