Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शनिवार कुन जिल्लामा कति सङ्क्रमित थपिए ?

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुदूरपश्चिमको डोटीमा ६१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी पूर्वमा २३, महोत्तरीमा २४, तनहुँमा २३, बागलुङमा २०, बैतडी र गुल्मीमा १८/१८ तथा पाल्पा र रुपन्देहीमा १७/१७ जना सङ्क्रमित थपिएका छन् ।

    यस्तै बाँकेमा १४, डडेल्धुरामा १२, सर्लाहीमा नौ, धादिङ, प्यूठान र मोरङमा आठ/आठ, बर्दिया, रौटहट र भक्तपुरमा सात/सात, बारा र दाङमा चार/चार, रामेछापमा तीन, सुनसरीमा दुई, काठमाडौँ, झापा, नवलपरासी पश्चिम, स्याङ्जा र रुकुम पश्चिममा एक/एकजना थपिएका छन् ।

    शनिबार (६ असार) ४९ महिला र २८२ पुरुष गरी कूल ३३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाएअनुसार अब नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ हजार ६ सय ५ पुगेको छ भने हालसम्म २२ जनाको यसबाट मृत्यु भएको छ।

    कोभिड–१९ को सङ्क्रमणबाट रौतहट, दैलेख, कपिलवस्तु, महोत्तरी र सर्लाही बढी प्रभावित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २०० बढी सङ्क्रमित हुनेको जिल्लाको सङ्ख्या पाँच र १०० भन्दा बढी सङ्क्रमित हुनेको सङ्ख्या १६ पुगेको छ । कूल ७७ मध्ये ७४ जिल्लामा सङ्क्रमण फैलिएको छ । रसुवा, ओखलढुङ्गा र मुस्ताङमा हालसम्म सङ्क्रमण देखिएको छैन ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij