किशोर–किशोरीको स्वास्थ्य अधिकार सुनिश्चित गर्ने उद्देश्यले बर्दियाको बढैयाताल गाउँपालिका–८ स्थित कालिका स्वास्थ्य चौकीलाई किशोर–मैत्री स्वास्थ्य सुविधा घोषणा गरिएको छ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा उक्तअध्ययनले घोषणा कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा किशोर–किशोरी, स्वास्थ्यकर्मी, शिक्षक, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। वडा अध्यक्ष तेजनाथ पौडेलले किशोर–किशोरी समाजका भविष्य भएको उल्लेख गर्दै उनीहरूका लागि स्वास्थ्य सेवा पहुँचयोग्य र दिगो बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
किशोर–मैत्री स्वास्थ्य सुविधा घोषणासँगै बढैयाताल–८ मा किशोर–किशोरीका लागि सुरक्षित, सम्मानजनक र आवश्यकता अनुसारको स्वास्थ्य सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरिएको छ।