Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवाको स्वास्थ्य नीति : बर्थिङ सेन्टर, एम्बुलेन्स र शव संरक्षणमा जोड

  • 307
    SHARES
  •  

    गेरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममार्फत बर्थिङ सेन्टरहरूमा गुणस्तरीय सेवा प्रवाह, एम्बुलेन्स सेवाको निरन्तरता तथा शववाहन र शव संरक्षण फ्रिजर बक्सको व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने भएको छ।


    ADVERTISEMENT

    images

    गाउँपालिकाले मातृ तथा शिशु स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन बर्थिङ सेन्टरहरूमा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्था गर्दै सुरक्षित प्रसूति सेवामा नागरिकको पहुँच विस्तार गर्ने नीति लिएको छ। यसबाट गर्भवती महिलाले आफ्नै स्थानीय तहभित्र सहज र गुणस्तरीय सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

    त्यसैगरी आपत्कालीन अवस्थामा बिरामीलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन एम्बुलेन्स सेवाको निरन्तरता र प्रभावकारी सञ्चालनलाई सुनिश्चित गरिने जनाइएको छ। साथै मृतकका परिवारलाई आवश्यक सहयोग पुर्‍याउन शववाहन सेवा तथा शव संरक्षणका लागि फ्रिजर बक्सको व्यवस्थापनलाई समेत व्यवस्थित बनाइनेछ।

    गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य, आयुर्वेद तथा पोषण क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै सबै नागरिकलाई गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। निर्माणाधीन १० शैयाको आधारभूत अस्पताल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइने तथा स्वास्थ्य बीमाप्रति जनचेतना अभिवृद्धि गरिने उल्लेख गरिएको छ।

    यसका साथै नसर्ने रोग, मानसिक स्वास्थ्य समस्या न्यूनीकरण, सिकलसेल एनेमिया रोकथाम, संक्रामक रोग नियन्त्रण, महामारी व्यवस्थापन, पूर्णखोप कार्यक्रम, सुत्केरी पोषण खर्च, महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च

    तथा समुदायस्तरमा स्वास्थ्य सेवा प्रवाहका कार्यक्रमलाई निरन्तरता दिइने भएको छ।
    गाउँपालिकाले स्वास्थ्य, आयुर्वेद र पोषण क्षेत्रका कार्यक्रममार्फत स्वस्थ, सक्षम र समृद्ध गेरुवा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij