सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले धानको मूल्य तोकेको हो ।
आर्थिक वर्ष ०७७/७८ को लागि मोटा धान प्रतिक्विन्टल २७ सय ३५ र मध्यम २८ सय ८५ रुपैयाँ मूल्य तोकिएको हो ।
कृषि मन्त्रालयको सिफारिसमा उद्योग मन्त्रालयले गत बिहीबार धानको प्रस्तावित समर्थन मूल्य मन्त्रीपरिषदमा पेश गरेको थियो ।
चैते धान भत्राउने तथा बर्खे धान रोप्ने बेलामा नेपालमा पहिलो पटक धानको मूल्य निर्धारण भएको मन्त्रालयले जनाएको छ ।
चालु आर्थिक वर्षका लागि भने सरकारले मोटा धान प्रतिक्विन्टल २५ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको मूल्य प्रतिक्विन्टल २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको थियो ।