गेरुवामा कमैया महिला जागरण समाजले गरेको कार्यक्रमको अनुगमन
बर्दिया टुडे
पौष ७, २०८१ आइतवार
२०:०४:५९ मा प्रकाशित
1.4K
SHARES
1.4K
SHARES
गेरुवा गाउँपालिकामा कमैया महिला जागरण समाजद्वारा संचालित कार्यक्रमको अनुगमन गरिएको छ ।
गाँउपालिका वडा नं ५ को वन्जरिया र विन्द्रामा संस्थाको सहयोमा मुक्त कमैयाहरुले सञ्चालन गरेको बाख्रा पालन, आलु खेती तथा संस्थाकै सहयोगमा सरस्वती आधारभूत विद्यालय विन्द्रामा सरसफाई तथा महिनावारी स्वच्छता व्यवस्थापनको पालिका स्तरीय अनुगमन गरीएको हो ।
संस्थाले मुक्त कमैया परिवारको आर्थिक अवस्था र जिविकोपार्जनमा सुधार ल्याउन तथा परिवारिक अवस्था सुधारको र विद्यालयहरुमा सिकाई उपलब्धि सुधारका लागि गाँउपालिकामा बिगतका बर्षहरु देखि नै कामगर्दै आइरहेको छ । संस्थाले गरेको काम प्रभावकारी भयो भएन भन्ने उद्देश्यले पालिका स्तरीय अनुगमन गरीएको हो ।
संस्था मार्फत भैरहेको कामले मुक्त कमैयाहरुलाई काम गर्न उत्साहित बनाएको छ । संस्थाको सहयोग संगसंगै पालिकाको पनि आफूहरुको जिविकोपार्जन आर्थिक सुधारकालागि योजनाहरु ल्याउने उनिहले अपेक्षा गरेका छन् ।
undefined
संस्थाको सहयोगमा विद्यालयको फोहर व्यवस्थापनमा सहयोग पुगेको र विद्यालयमै आराम कक्षको व्यवस्थापन हुँदा विद्यार्थीको कक्षा छाड्ने दरमा कमी आएको विद्यालयका प्रधानाध्यापक योगेन्द्र चौधरीले बताउनु भयो ।
अनुगमनको क्रममा पालिकाका अध्यक्ष जमान सिंह के. सी.ले संस्थाले गरेको काम प्रभावकारी रहेको बताउनु भयो । उहाँले मुक्त कमैयाहरुको अपेक्षा अनुरुप स्थानीय तहको श्रोत साधन र आर्थिक रुपमा भ्याय सम्म मुक्त कमैयाहरुको आर्थिक अवस्था र जिविकोपार्जनमा सुधार ल्याउन निति तथा कार्यक्रम बनाएर जाने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
अनुगमन कार्यक्रममा पालिका अध्यक्ष जमान सिंह के. सी. , उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, सामजिक विकास समिति संयोजक तथा वडा नं. ३ का वडाअध्यक्ष निर्मल थारु, वडा नं. ५ का वडा अध्यक्ष धर्मप्रकाश थारू विषयगत शाखाका प्रमुख तथा प्रतिनिधी,संस्थाका प्रतिनिधि लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।