Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे स‌ख्या २२ पुग्याे

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारणा थप दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । यससँगै मृतकको संख्या २२ पुगेको छ ।

    गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमित ४६ बर्षीय पुरुष को मृत्यु भएको छ ।

    स्वास्थ्यमा समस्या आएपछि धनगढीकै नवजिवन अस्पतालमा उपचार गर्न गएका उनलाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको थियो । लगतै उनलाई प्रादेशिक अस्पताल सारिएको थियो ।

    उनको उपचारका क्रममा मृत्यु भएको प्रादेशिक स्वस्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

    यस्तै लम्की चुहा नगरपालिका-२ की ४३ बर्षीया महिलामा मृत्यु पछि काेराेना स‌ंक्रमण पुष्टि भएको छ ।

    टाउकोमा लागेको चोटठका कारण आइतबार नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो ।

    उनको मंगलबार साढे ११ बजेतिर उनको निधन भयो । बुधबार साँझ कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्वास्थ्य कार्यालय, बाँकेका नरेश श्रेष्ठले बताए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij