Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाका ३१ जना सहित बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    बर्दियाका ३१ जना सहित नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


    भेरी अञ्चल अस्पताल नेपालगन्जमा गरिएको ‘पीसीआर’ परीक्षणमा वर्दिया जिल्लाको तिन स्थानीय तहका विभिन्न ‘क्वारेन्टिन’मा रहेका ३१ जनामा कोरोना संक्रमण देखिएको हो ।

    बुधबार संक्रमण पुष्टि भएकाहरुमा बढइयाताल गाउपालिकामा २६ जना, ठाकुरबाबा नगरपालिकाका ४ जना र राजापुर नगरपालिकाका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

    हालसमम्म बर्दियाको गुलरिया नगरपालिका २२, मधुवन २८, राजापुर १३, ठाकुरबाबा ४, बारबर्दिया ८, बाँसगढी नगरपालिका २० र बढैयाताल गाउँपालिकामा ४६ जना कोरोनामा संक्रमण पुष्टि भएसँगै वर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या १सय ४१ पुगेको छ ।

    त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार बुधवार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा समेत कोरोनामा भाइरसको संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।

    यस्तै कोरोना भाइरसको संक्रमण बुधबार थप ९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

    योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ ।

    कोरोना वाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।

    मृगौला सम्बन्धी समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो ।

    योसँगै कोरोना भाइरसवाट नेपालमा मृत्यु हुनेको संख्या २० पुगेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij