Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

‘म्याच फिक्सिङ’ आरोप खेपेका ६ फुटवलरलाई सर्वोच्चले दियो सफाई

  • बर्दिया टुडे
  • 3.2K
    SHARES
  •  

    राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनालाई सर्वोच्च अदालतले सफाइ दिएको छ।

    पूर्व कप्तान थापा, अन्य खेलाडी र एक फिजियोथेरापिष्टसहित ६ जनाले म्याच फिक्सिङ र राज्यविरुद्धको अपराध मुद्दामा सर्वोच्च अदालतबाट पनि सफाई पाएका हुन् ।

    सरकारी पक्षले २०७५ मंसिर २० गते राज्यविरुद्धको अपराधको मुद्दा पुनरावेदनमा सर्वोच्चले सागरसहित अन्जन केसी, सन्दीप राई, रितेश थापा, विकाससिंह क्षेत्री र फिजियोथेरापिष्ट डेजिव थापाले सर्वोच्चबाट मंगलबार सफाई पाएका हुन् ।

    सरकारी पक्षले २०७५ मंसिर २० गते सर्वोच्चमा गरेको पुनरावेदनमा मंगलबार यस्तो फैसला आएको हो । न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाई दिएका हुन् । उनीहरुलाई २०७५ जेठ २४ गते सोही अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाई दिएको थियो ।
    राष्ट्रिय टोली र उमेरबाट खेल्दा अन्तर्राष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको पुलिसको दाबी थियो । तर नेपालमा म्याच फिक्सिङको अलग्गै कानुन नभएका कारण पुलिसले राज्यविरुद्धको अपराधमा पाँच जनाविरुद्ध जन्मकैदको माग गर्दै विशेष अदालतमा २०७२ कात्तिक २२ गते मद्दा दायर गरेको थियो ।

    विशेष अदालतका न्यायाधीशहरु बाबुराम रेग्मी, प्रमोद कुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको संयुक्त इजलाशले राज्यविरुद्धको अपराध मुद्दामा उनीहरुलाई ठहर गर्ने आधार नभेटिएको भन्दै सफाइ दिने फैसला सुनाएको थियो ।

    उनीहरुले उमेर समूह, मैत्रीपूर्ण खेल तथा विश्वकप छनोट लगायतका १६ देखि २३ वटा अन्तर्राष्ट्रिय खेलमा मिलेमतो गरेको आरोप लगाइएको थियो । म्याच फिक्सिङमा प्रति खेल ५ हजार अमेरिकी डलरसम्म लिने गरेको प्रहरीको दाबी थियो । तर अदालतमा ती आरोप पुष्टि हुन नसकेपछि उनीहरुले सफाई पाएका थिए ।

    पाँचै पूर्व खेलाडीलाई फुटबलको सर्वोच्च निकाय फिफाले भने आजीवन प्रतिबन्ध लगाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij