Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

क्वारेन्टाइनमा बसेका एक जोडी वाँधिए विवाह वन्धनमा

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    भारतबाट आएर क्वारेन्टाइनमा बसेका एक जोडीक्वारेन्टाइनमा बसेका एक जोडी  विवाह वन्धनमा वाँधिएका छन्। दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १८ स्थित क्वारेन्टिनमा बसेका एक जोडीले पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुले वडा अध्यक्षको उपस्थितिमा क्वारेन्टिनमै विवाह वन्धनमा वाँधिएका हुन्।

    घोराही उपमहानगरपालिका वडा नम्बर १८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की २१ वर्षीया सीता चौधरीले बिवाह गरेका हुन्। उनीहरुले आइतबार क्वारेन्टाइनमै अन्तरजातीय विवाह गरेको वडा अध्यक्ष भरत अर्यालले बताए।

    भारतको दिल्लीबाट घर फर्केर क्वरेन्टीनमा बसेका उनीहरु मायाप्रेममा रहेकाले उनीहरुकै आग्रहमा विवाह गरिदिएको उनले बताए। उनीहरु जेठको पहिलो सातामात्रै घर फर्केर क्वरेन्टीनमा बस्दै आएका थिए। झण्डै २४ दिन क्वरेन्टीनमा अलग्गै बसेका उनीहरुको सोमबार पीसीआर रिपोर्ट नेगेटिभ आएको हो। रिपोर्ट नेगटिभ आएपछि उनीहरुलाई घरमा एक हप्तासम्म सेल्फ क्वारेन्टाइनमा बस्नेगरी डिस्चार्ज  गरिएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij