नेपालमा थप ३८० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६५९१ पुग्यो
बर्दिया टुडे
आषाढ २, २०७७ मंगलवार
२०:४४:५८ मा प्रकाशित
1.5K
SHARES
1.5K
SHARES
नेपालमा आज एकैदिन तीन सय ८० जनामा कोरोना स.क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार पाँच सय ९१ पुगेको छ। यस्तै आज एकैदिन एक सय १७ जना सहित हालसम्म १ हजार १ सय ५८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४३ हजार ७ सय ३८ जनाको कोरोना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पीसीआर परीक्षण भएको छ।
यस्तै आरडिटी विधिबाट २ लाख २३ हजार ५ सय १९ र पछिल्लो २४ घण्टामा ४ हजार १ सय ८३ जनाको आरडिटी परीक्षण भएको छ। अहिले देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ५ सय ३१ जना र क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण ७३ जिल्लामा फैलिएको छभने कोरोनाका कारण १९ जनाले ज्यान गुमाइसकेका छन्।