Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

चौरजहारी हत्याकाण्डः हत्या गरेर भेरी नदीमा फालिएको प्रहरीको निष्कर्ष

वडाध्यक्ष मल्लसहित ३४ जनाविरुद्ध मुद्धा दायर
  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    रुकुम पश्चिमको चौरजहारी हत्याकाण्डमा सरकारी वकिल कार्यालयले वडाध्यक्ष डम्मरबहादुर मल्लसहित ३४ जनाविरुद्ध आइतबार अदालतमा मुद्दा दर्ता गरेको छ।

    कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुतलगायत मुद्दा लगाई सरकारी वकिल कार्यालयले ३४ जनाबिरुद्ध मुद्दा दर्ता गरेको हो। सो मुद्दामा युवती र उनका बाबुआमा लगायत छन्। उनीहरुबिरुद्ध आजन्म कैदको माग गरिएको छ।

    यहि जेठ १० गते साँझ जाजरकोटका नवराज बिक र उनका ५ जना साथीलाई हत्या गरेर भेरी नदीमा फालिएको प्रहरीको निष्कर्ष छ।

    जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाका नवराज विक ठकुरी परिवारकी प्रेमिका लिन १८ जना चौरजहारी पुगेका थिए। १८ मध्ये १२ जना सम्पर्कमा आए पनि ६ जना भेरी नदीमा बेपत्ता भएका थिए। ३ जना सोही दिन र अन्य तीन जनाको शव फरक–फरक मितिमा फेला परेको थियो।

    भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का टीकाराम सुनारको शव घटना भएकै दिन नदीमा फेला परेको थियो भने भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार, सन्दीप विक र गोबिन्द शाहीको शव पछि फेला परेको थियो।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij