Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित

  • बर्दिया टुडे
  • 1.1K
    SHARES
  •  

    दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिकासहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २,  ४, ७, ११ बर्षीया बालिकामा कोरोना भेटिएको छ ।

    त्यसैगरी सोही वडाका २०, २०, २६, २८, ३२, ३५ र ४२ बर्षीया महिला तथा सोही वडाका ३, १५, १७, १७, १८, १८, १८, १९,१९, १९, १९, १९, २०, २०, २२, २३, २३, २३, २३, २४, २५, २५, २६, २७, २७, २९, ३०, ३०, ३०, ३३, ४०, ४२, ४५ र ४५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको गाउँपालिकाका स्वास्थय संयोजक भक्तबहादुर जिसीले जानकारी दिए ।

    उनीहरु सबै बंगलाचुली गाउँपालिका–६ भुटनेटा, हिमालय बालविकास टाड्के लेक र सरसस्वती बालविकास क्वारेन्टाइनमा बस्दै आएका हुन् । यो संगै गाउँपालिकामा कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । बंगलाचुली गाउँपालिकामा अहिले ६ सय ४१ जना क्वारेन्टाइनमा बस्दै आएका छन् । शनिबार यही वडाको भुटनेटा क्वारेन्टाइनमा बस्दै आएका प्युठानका १७ बर्षका युवकको बान्ता हुने र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij