Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

४२५ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५ हजार ७६० पुग्‍यो

  • बर्दिया टुडे
  • 2.8K
    SHARES
  •  

    नोभेल कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् । 

    नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् । 

    देशभर हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ७३६ महिला रहेका छन् । 

    रुकुम पूर्व थप भई ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । 

    कोरोना संक्रमणबाट गुल्मी धुर्कोटका एक पुरुषको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण देशभर मृत्यु हुनेको संख्या १९ पुगेको छ । 

    देशभरका विभिन्‍न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा ६ हजार ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।

    कहाँ कति थपिए ?

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २५ जना पुरुष, सुनसरीका १ जना पुरुष र झापाका १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
    कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एक महिला र ९ पुरुष रहेका छन् ।

    नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा पर्साका ३ जना महिला १४ जना पुरुष ,बाराका ९ जना पुरुष,सलार्हीका १ जना पुरुष र रौतहटका ७ जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । 

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका २ जना पुरुषमा कोरोना सक्रमण देखिएको छ ।

    सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङ् २ महिला ३ पुरुष, डडेलधुराका ३ महिला २२ पुरुष,डोटीका एक महिला २ पुरुष,कैलालीका १ महिला ११ जना पुरुष, कञ्चनपुरका ३ महिला र १७ जना पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

    भेरी अस्पताल बाँकेमा गरिएको परीक्षणमा बर्दियाका एक महिला र २ पुरुष,बाँकेका ३ पुरुष र रुकुमपश्चिमका एक पुरुष गरी ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ५६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  प्युठानमा २ पुरुष,दाङ्का १३ महिला र ४१ जना पुरुष रहेका छन् ।
    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा  रौतहटका १ महिला १६ जना पुरुष र धनुषाका १ महिलामा कोरोना पोजेटिभ देखिएको छ ।

    धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रामेछापका २ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

    यस्तै, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका एक  महिला ७ जना पुरुष,नवलपरासी पश्चिमका २ पुरुष,रुपन्देहीका २ महिला र १८ पुरुष,पाल्पाका एक महिला र १६ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

    प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका ६ महिला र ३४ पुरुष,दैलेखका ४ महिला र २५ पुरुषमा  कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
    किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।जसमा  रौतहटका एक पुरुष र सिन्धुलीका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा  धादिङका ६ महिला  र १९ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ६२ जनामा कोरोना संक्रमण देखिएको 

    रौतहटका २ महिला ४९ पुरुष,रुपन्देहीका ६ पुरुष र सलार्हीका ५ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij