Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मरणोपरान्त सङ्क्रमण पुष्टि, कोरोना भाइरसबाट मृत्य हुनेको सङ्ख्या ११ पुग्याे

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    नेपालमा कोरोना भाइरसबाट मृत्य हुनेको सङ्ख्या ११ पुगेकाे छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलित नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ।

    यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित मृत्युको सङ्ख्या ११ पुगेको हो।

    जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ।

    आरडीटी परीक्षणमा सङ्क्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा. देवकोटाले बताए।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij