Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुग्याे

  • बर्दिया टुडे
  • 2.1K
    SHARES
  •  

    नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।

    शनिबार बिहान दैलेखमा क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो। दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे।

    उनको तीन दिनअघि नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो। स्वाव परीक्षण पश्चात कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको हो।

    कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएका उनले बिहान चिया बिस्कुट खाएको बताउँदै नगर प्रमुख भण्डारीले एक्कासी मृत्यु भएको बताए।

    उनीसहित ७९ जना १० दिनअघि भारतको गुजरातबाट फर्किएका थिए। 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij