Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

दिन प्रतिदिन बढ्दाे क्रममा काेराेना स‌ंक्रमण, सं‌क्रमितकाे संख्या १४ सय नाघ्यो

  • बर्दिया टुडे
  • 2.3K
    SHARES
  •  

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे पछिल्लाे तथ्याङ्क अनुसार नेपालमा १८९ जना कोरोना संक्रमित थपिएका छन्। उनीहरु मध्ये १८५ जना पुरुष र चार जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यो सँगै नेपालमा संक्रमितको संख्या १४०१ पुगेको छ । जसमा १२८८ पुरुष तथा ११३ जना महिला रहेका छन्।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणमा १२४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    यस्तै रुपन्देहीमा गरिएको परीक्षणमा २६, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा राप्ती ८, नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणमा ३ तथा कर्णाली स्वासथ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. देवकोटाले जानकारी दिए ।

    यस्तै कोशी अस्पतालमा गरिएको परीक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौँमा संक्रमण पुष्टि हुनेमा धनुषाका ७ जना, झापाका १ जना कपिलबस्तुका ७७ जना, ललितपुर १ जना, महोत्तरीका ४ जना, रौतहटका ६ जना, सर्लाहीका १७ जना तथा सिरहाका ११ जना रहेका छन्।

    यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २६ जना कपिलवस्तु यशोधराका बासिन्दा हुन् ।यस्तै बिपि कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा संक्रमण पु्ष्टि हुने सबै ९ जना सप्तरीका हुन् ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका आठ जना मध्ये तीन जना कपिलबस्तु र र दाङका पाँच जना रहेका छन् । नारायणी असपताल वीरगञ्जमा संक्रमण पुष्टि भएका ३ जना मध्ये दुई जना पर्सा र एक जना बाराका हुन् ।

    कोशी अस्पतालमा संक्रमण पुष्टि भएका दुवै जना संखुवासभामाका बासिन्दा हुन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि भएका सबै १४ जना दैलेखका हुन् ।

    हिजो १७० जना नयाँ संक्रमित थपिएका थिए भने बिहीबार १५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

    यस्तै हालसम्म कोरोना संक्रमण निको भएर २१९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो अपडेट अनुसार १३ जना निको भएर डिस्जार्च भएका मन्त्रालयले जनाएको छ ।

    जम्मा १७२ जना पुरुष तथा ४७ जना महिला उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij