Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बलात्कार अभियोगमा युवासंघ र नेविसंघका नेता पक्राउ

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन युवासंघ र नेविसंघका केन्द्रीय सदस्यद्वय बलात्कार अभियोगमा पक्राउ परेका छन् ।

    प्रहरीका अनुसार युवासंघका केन्द्रीय सदस्य सन्देश शर्मा पोखरेल र नेविसंघका पूर्व केन्द्रीय सदस्य ज्ञानेन्द्र गजुरेललाई बलात्कार अभियोगमा पक्राउ गरिएको हो ।


    ADVERTISEMENT

    images

    उनीहरुलाई ललितपुर प्रहरीले बलात्कार अभियोगमा ३ कात्तिकमा ललितपुरको पाटनबाट पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पक्राउ परेका पोखरेलले आफु युवासंघको केन्द्रीय सदस्य तथा उद्योग समृद्धि विभागको सदस्य रहेको बताएका छन् भने गजुरेलले नेविसंघको पूर्व केन्द्रीय सदस्य र कांग्रेस नुवाकोट जिल्ला कार्यसमितिका सदस्य भएको बताएका छन् ।

    पोखरेल तुलसीपुर–१८ दाङका हुन भने ज्ञानेन्द्र ककनी गाउँपालिकाका हुन् । पोखरेल भैसेपाटी बस्छन् भने गजुरेल जोरपाटीमा डेरा लिएर बस्दै आएको प्रहरीले बताएको छ ।

    तर युवासंघले भने पोखरेल आफ्नो संगठनको सदस्य नरहेको बताएको छ । युवासंघका नेता प्रभातबिक्रम कटवालका अनुसार युवासंघ केन्द्रीय सदस्यमा सन्देश शर्मा पोखरेल नाम गरेका व्यक्ति नभएको बताए ।

    ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङका अनुसार पक्राउ परेका शर्माले आफु युवासंघको केन्द्रीय सदस्य भएको र उद्योग तथा समृद्धि विभागको सदस्य समेत रहेको वयान दिएका छन् ।

    प्रहरीका अनुसार १९ वर्षीय एक युवतीलाई ज्ञानेन्द्र गजुरेलले कात्तिक पहिलो साता कुमारीपाटीस्थित सन्देश शर्मा पोखरेलको कोठामा ल्याएको र उनीहरु दुबै जनाले बलात्कार गरेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

    प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसवुकमार्फ गजुरेल र पीडित युवतीवीच चिनजान भएको हो । सो चिनजानका आधारमा गत २९ असोज राती गजुरेलले पीडित युवतीलाई वोलाएर साथीको कोठामा लगेर दुवैजना मिलेर बलात्कार गरेका हुन् ।

    उनीहरुमाथि अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जनाएको छ । शिलापत्र बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij