Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

संक्रमित ६८२, निधन ४, संक्रमणमुक्त ११२

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ६८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार मात्रै ७९ जनामा कोरोना पोजेटिभ देखिएको छ। सोमबार मन्त्रालयको पछिल्लो विवरण अनुसार सेती प्रदेशिक अस्पतालको प्रयोशालामा भएको परीक्षणमा अछामका ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ।

    यस्तै भेरी अस्पतालमा गरिएको परीक्षणमा बर्दियाका तीन जनामा पोजेटिभ देखिएको छ । यस्तै नारायणी अस्पतालमा पर्सा र काठमाडौंका १—१ जनामा कोरोना पोजेटिभ देखिएको छ।

    अहिले प्रदेश नम्बर १ को ७ जिल्लामा ८६, प्रदेश नम्बर २ का ८ जिल्लामा २ सय ३५ र बागमती प्रदेशका ११ जिल्लामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशका ३ जिल्लामा ५, प्रदेश नम्बर ५ का ७ जिल्लामा २ सय ९२, कर्णाली प्रदेशका २ जिल्लामा ११ जना र सुदूरपश्चिमका ५ जिल्लामा १५ जनामा कोरोना संक्रमण देखिएको छ । उपचारपछि निको भएर घर फर्किनेहरुको संख्या १ सय १२ पुगेको छ ।

    सोमबारसम्म पीसीआर विधिबाट ५१ हजार ६ सय ४२ र आरडिटी विधिबाट ९५ हजार १ सय ९२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ९ सय ४ र आरडिटी विधिबाट ५ हजार १ सय ६६ वटा नमुना परीक्षण भएका छन् ।

    यसैगरी प्रदेश प्रदेश नम्बर १ मा १० हजार ८ सय २७, प्रदेश नम्बर २ मा ६ हजार ४ सय ६८ र बागमती प्रदेशमा २३ हजार ३ सय १३ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ७ हजार ७ सय १, प्रदेश नम्बर ५ मा १६ हजार २ सय १५, कर्णाली प्रदेशमा १० हजार ५८ र सुदूरपश्चिम प्रदेशमा २० हजार ६ सय १० जनाको आरडिटी परीक्षण गरिएको छ।

    अहिले प्रदेश नम्बर १ मा १ हजार ६ सय ७७, प्रदेश नम्बर २ मा ९ हजार २६, बागमती प्रदेशमा ८ सय ७८ र गण्डकी प्रदेशमा १ हजार ६ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २० हजार ४ सय ६३, कर्णाली प्रदेशमा ३ हजार ९ सय ९१ र सुदूरपश्चिम प्रदेशमा ८ हजार ३ सय ६ जना गरी जम्मा ४६ हजार २९ जना क्वारेन्टाइनमा रहेका छन्।

    यसैगरी कोरोना भाइरसबाट मृत्यु हुनेको संख्‍या चार पुगेको छ। मृत्यु हुनेमा बारा, गुम्मी, बाँके र सिन्धुपाल्चोकका रहेका छन्।

    यता, कोरोना भाइरसको संक्रमण निको भएर सोमबार थप २४ जना संक्रमित डिस्चार्ज भएका छन्।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नारायणी अस्पतालबाट पर्साका १८ जना २१ औँ दिनमा डिस्चार्ज भएका हुन्।

    यस्तै पाटन अस्पतालबाट धनुषा, काठमाडौँ, धादिङ, दाङ र वर्दियाका १–१ जना ९ औँ देखि १० औँ दिनको बीचमा डिसचार्ज भएका हुन्। टेकु अस्पतालबाट पनि सर्लाहीका १ जना पुरुष पाँचौँ दिनमा डिस्चार्ज भएका हुन्।

    सोमबार डिस्चार्ज हुनेमा ९ जना महिला र १५ जना पुरुष रहेका छन्। साभारः देश सञ्चार

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij