नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । चीनको बुहानबाट सुरु भएको यो भाइरसका कारण अहिले सम्म चार जनाले ज्यान गुमाएका छन् ।
वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजमा मृत्यु भएका ७० वर्षीय पुरुषमा मृत्यु भएको ८ दिनपछि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि मृत्यु हुनेको संख्या चार पुगेको हो । ती पुरुषको जेठ ४ गते नै मृत्यु भएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हाे ।