देशभरि चर्को घाम, केही दिन ह्वात्तै तापक्रम बढ्ने
देशका अधिकांश स्थानमा केही दिन तापक्रम वृद्धि हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यो वर्षको गर्मी याम सुरु भएयता लगातार घाम खासै नलागेकाले अहिलेसम्म केही स्थानमा मात्रै अधिक गर्मी भएको थियो।
अब भने केही दिन लगातार घाम लाग्ने भएकाले विशेष गरी तपाईका क्षेत्रमा अत्याधिक गर्मी हुने मौसमविदले बताएका छन्। केही दिनमा दिपायल, धनगढीसहितका क्षेत्रको तापक्रम ४० डिग्री वा त्यो भन्दा माथि पुग्न सक्ने देखिएको छ।
अहिले देशका अधिकांश स्थानहरुमा चर्को घाम लागेको छ। अबको केही दिन पानी पार्ने खासै ठूलो प्रणाली नभएकोले विषेश गरि तराईका भू–भागमा तापक्रम केही बढ्ने मौसमविदले जानकारी दिएका हुन्।
गर्मी बढ्ने भएकाले महामारीको जोखिम हुने हुँदा कोरोना भाइरसको महामारीको यो समयमा मौसमको कारणले थप महामारीको सामना गर्ने अवस्था नओस् भन्नका लागि सचेतता अपनाउन आग्रह गरिएको छ। श्राेतः देश सञ्चार