Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघ्याे, ३ जनाकाे निधन, ७० जना संक्रमणमुक्त

  • बर्दिया टुडे
  • 2.6K
    SHARES
  •  

    नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझसम्म अद्यावधिक गरेको विवरण अनुसार हालसम्म ५ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    यस्तै हालसम्म तीन जनाकाे कोरोनाको संक्रमणबाट मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिला, बाँकेको नरैनापुरका एक पुरुष र गुल्मीका एक पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार हालसम्म ४० जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ। कोरोना संक्रमित हुनेमध्ये अधिकांश भारतबाट फर्किएकाहरु छन्। यद्यपि पछिल्लाे समय कुनै ‘ट्राभल हिस्ट्री’ नभएकाहरुमा समेत कोरोना देखिन थालेको छ।

    हालसम्म ७० जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij