Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

आज सार्वजनिक विदा, नेवार समुदायले भाइटीका लगाउँदै

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  • सरकारले आज पनि सार्वजनिक विदा दिएको छ । पञ्चांग निर्णायक समितिले लक्ष्मीपूजादेखि भाइटीकाको दिनसम्म अर्थात १०, ११ र १२ गतेमात्र सार्वजनिक विदा दिन सरकारलाई सिफारिस गरेको थियो । तर, नेवार समुदायले भाइटीका १३ गते मनाउने भन्दै विदा दिन प्रधानमन्त्रीसँग आग्रह गरेपछि सरकारले आज पनि सार्वजनिक विदा दिएको हो ।

    नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउँदैछन् । मंगलबार म्हः पूजा अर्थात् आत्मपूजा गरेका नेवार समुदायले आज किजा पूजा अर्थात् भाइटीका लगाउन लागेका हुन् ।


    ADVERTISEMENT

    images

    मंगलबार नेपाल सम्वतको नयाँ वर्ष भएकाले आज किजा पूजा मनाउन लागिएको बताइएको छ। नेपाल पञ्चांग निर्णायक समितिको निर्णयअनुसार मंगलबार नै किजा पूजा भएकाले कतिपयले हिजो नै किजापूजा मनाएका छन् । 

    नेपाल पञ्चांग निर्णायक समितिले भाइटीकाकै दिन म्हः पूजा गर्ने निर्णय गरेको थियो । त्यही निर्णय अनुसार कतिपयले मंगलबार नै म्हः पूजा गरे । कतिपयले भने भाइटीकाको अघिल्लो दिन म्हः पूजा गर्ने चलन रहेको भन्दै सोमबारै म्हः पूजा गरेका थिए ।

    नेवार समुदायले तिहारलाई स्वन्ति नखः भन्छन् । उनीहरुले तिहारको बेला लक्ष्मी पूजा, म्ह पूजा, किजा पूजा र नेपाल सम्वत विशेष रुपमा मनाउँछन्। शिलापत्र बाट

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij